जोसँग काम गर्यो, उहीसँग किन बिग्रिन्छ प्रदिपको सम्बन्ध ?

फिल्म ‘प्रेमगीत’मा काम गरेपछि अभिनेता प्रदिप खड्का स्टार भए । तर, उनी स्टार भैरहँदा यो फिल्मका निर्देशक सुदर्शन थापा र उनीविच पानी बाराबारको अवस्था आयो । फिल्म ‘चंखे शंखे पंखे र प्रेमगीत’मा एकसाथ काम गरेका निर्देशक थापा र निर्माता सन्तोष सेनविच पनि सम्बन्ध सकियो ।

सन्तोष र प्रदिपले फिल्म ‘प्रेमगीत २’मा काम गर्दै गर्दा सुदर्शनले भने आफ्नै होम प्रोडक्शनमा फिल्म ‘म यस्तो गीत गाउँछु’ निर्माण गरे । सुदर्शन र प्रदिपको भने बोलचाल नै छैन । अभिनेता प्रदिप खड्काले फिल्म ‘लिलिबिली’मा काम गरे । उनकै लागि यो फिल्मका निर्देशक मिलन चाम्सले ४ जना बडिगार्डको समेत व्यवस्था गरे । प्रदिपको स्टारडमको चर्चा गरेर मिलन थाकेनन् ।
तर, अहिले मिलन र प्रदिपविच नै बोलचाल बन्द भएको छ । फिल्म ‘लिलिबिली’ रिलिज भएपछि प्रदिप र मिलन बोल्न छोडेका छन् । हायात होटलमा आयोजित ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा पनि प्रदिप र मिलनको बोलचाल नै भएन ।
आखिर, प्रदिप जुन निर्देशकसँग काम गर्छन् उही निर्देशकसँग किन बोल्न छाड्छन् । किन प्रदिपको सम्बन्ध निर्देशकसँग सुमधुर हुँदैन ? प्रदिपले पनि अब यो बिषयमा सोच्न आवश्यक छ ।