संचिताले गरिन ‘मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर’को शुभारम्भ

काठमाडौं स्थित नयाँ बनेश्वरमा ‘मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर’को नयाँ साखा खुलेको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरी नायिका संचिता लुइँटेलले उक्त पार्लरको शुभारम्भ गरेकी हुन ।

बिगत १ दशक अगाडी देखी सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरिले सो पार्लर संचालनमा ल्याएकी हुन् । भक्तपुर सुर्यविनायकमा मुख्य पार्लर रहेको मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको नयाँ बानेश्वर साखासंगै १ महिना भित्रै कलंकीमा अर्को साखा खोलिने संचालिका गिरीले बताइन ।

पार्लरले बिशेष गरी महिलाहरुको लागि सौन्दर्य सुबिधा उपलब्ध गराउनेछ र निकट भविष्यमै पुरुषहरुका लागि पनि सेवा उपलब्ध गराउने उदेश्य लिएको समेत संचालिका गिरीले बताइन । उद्घाटन कार्यक्रममा बोल्दै नायिका संचिता लुइँटेलले पार्लर सफलताको शुभकामना दिइन ।

पार्लरले नायिका लुइँटेलका लागि १ वर्षका लागि सम्पूर्ण सौन्दर्य सुबिधा निसुल्क गरेको छ भने त्यहाँ जाने अन्य कलाकारका लागि पनि बिशेष छुटको ब्यबस्ता गरेको छ । बैशाख महिना भरी पार्लरले सम्पूर्ण सेवा सुबिधामा ५० प्रतिशत छुटको ब्यबस्ता समेत गरेको छ ।