दीलिपको अंगालोमा निरुताको आँसु (फोटो फिचर)

‘बाह्र वर्षमा खोलो फर्किन्छ’ उखान नेपाली समाजमा निकै चर्चित छ । संख्याले १२ नपुगे पनि नायिका निरुता सिंहको जीवनमा ११ ले ठूलो महत्व राखेको छ । अर्थात फिल्म ‘दर्पणछाँया’जोडीका रुपमा परिचित दीलिप रायमाझी र निरुता ११ वर्षपछि फिल्म ‘नाइ नभन्नू ल ५’मार्फत पर्दामा पुनः देखिँदैछन् ।

फिल्ममा एकसाथ अभिनय गर्न पाउँदा सबैभन्दा बढी खुशी निरुता नै छिन् । फिल्ममा दीलिपको पनि अभिनय छ भन्ने थाहा पाए पनि फिल्मको छायांकनस्थलमा दीलिपसँग भेटिँदा निरुताले आँसु नै खसालिन् । ‘म प्लेनबाट नेपाल ओर्लिदा भावुक हुन्छु । तर यसपटक दीलिपसँग भेट हुँदा आँसु नै खस्यो,’निरुताले भनिन्,‘उसलाई भेट्दा मलाई पुरानो दिनको याद आयो ।’

मेरो फिल्म ‘नाइ नभन्नू ल ५’को सुटिङस्थल पुग्दा निरुता मेकअप गरिरहेकी थिइन् । ऐना हेरेर अनुहारको श्रृंगार गरिरहँदा ऐनामा दीलिप भित्र आएको देखेपछि निरुताले आँशु खसालिन् । ११ वर्ष पछि दीलिपसँग भेट हुँदा उनले दीलिपलाई अंगालो हालिन्, मानौं वर्षौअघि  बिछ्डीएको मानिस अचानक भेटिएको होस् ।

नायिका निरुताले  लामो समयपछि फिल्ममा देखिन पाउँदा खुशी लागेको बताईन  । मेरो सिन फिल्ममा कति छ भनेर हेरेको छैन, फिल्ममा  फर्किन पाउनु नै मेरो लागि ठूलो कुरा हो ’ उनले भनिन् ।

निरुताले पछिल्लो समय आफुले भारतमा प्रोडक्सन हाउस खोल्ने तयारी गरिरहँदा नेपाली फिल्ममा देखिएको टेक्नोलोजिको बिकासले आफूलाई फिल्म निर्माणमा ध्यान गएको समेत बताइन । उनले फिल्मका छांयाकार पुरुषोत्तम  प्रधानको खुलेर प्रसंशा गरिन । सानो सानो कुरामा पनि धेरै ध्यान दिएको देखेँ । अहिले टेक्निकल्ली हामी धेरै माथि पुगिसकेछौँ, निकै खुशी छु म ।