फिल्म ‘काले दाई’को गीत ‘राइफलको सिरानी’ सार्वजनिक

फिल्म ‘काले दाई’को पहिलो गीत ‘राइफलको सिरानी’ सार्वजनिक गरिएको छ । सुमन बैरागीको शब्द र दीपक शर्माको संगीतमा तयार भएको गीतमा धुर्व विश्को र सहिमा श्रेष्ठको स्वर रहेको छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका कलाकार इंद्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारी लगायत फिचर्ड छन् । शिव शर्माको निर्देशन रहेको फिल्ममा इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ । शमशेर गुरुङ र इन्द्र राम्जालीले निर्माण गरेको ‘काले दाई’मा पवन गौतम र रामेश्वर कार्कीको छायाँकन, तारा थापा किम्भेको सम्पादन रहेको छ ।