सर्टलेस वरुण

- मेराेफिल्म


वरुण धवनको फिल्म अक्टुवर एक आर्ट फिल्म थियो । फिल्मले मानिसको दिलमा र बक्स आफिसमा आफ्नै ठाउँ बनाएको छ । फिल्मी सफलता र बर्थडे सेलिब्रेसनपछि  उनी फेरी काममा फर्किएका छन् । अहिले कलंकको सुटिंगमा ब्यस्त वरुण यस फिल्मका लागि धेरै मेहेनत गर्दै छन् । अक्टुवरमा एक साधारण म्यानेजमेन्ट स्टुडेन्टको भूमिकामा देखिएका उनी कलंकमा फरक भूमिका गर्दै छन् । जसको लागि उनले आफ्नो बडी ट्रान्सफर्म गर्न थालेका छन् ।

वरुणले सामाजिक संजालमा एउटा फोटो सेयर गरेका छन् जुन उनको वर्कआउटपछीको फोटो हो । सर्टलेस वरुण फिल्मको सेटबाट हैन जिमबाट आफ्नो फोटो सेयर गरिरहेका छन् । फोटोमा उनको बडी र एप्स हेर्न लायक छ । वरुणले फोटो सेयर गर्दै लेखेका छन्, ‘कलंक मर्निंगस्’ ।

२०७५ वैशाख १६ गते ११:५४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *