बिपिन कार्की अभिनित फिल्म ‘हरी’ जेठ ४मा रिलिज हुने

बिपिन कार्की अभिनित फिल्म ‘हरी’ जेठ ४ मा रिलिज हुने भएको छ । प्रदर्शन मिती नजिकिँदै गर्दा ‘हरी’ युनिटले नयाँ पोस्टर समेत सार्वजनिक गरेको छ । अफुलाई सधैं नयाँ र नौलो भूमिकामा प्रस्तुत गर्न रुचाउने अभिनेता बिपिन कार्की यस फिल्ममा पनि आफु फरक र पृथक भूमिकामा देखा परेका छन । हरी युनिटले यस अघी ट्रेलर सार्वजनिक गरिसकेको छ । प्रोमोसनलाई ब्यापक बनाउने तयारीमा रहेको फिल्म युनिटले नयाँ पोस्टर सहित रिलिज मिती तय गरेको हो ।
फिल्ममा बिपिनसंगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, थिन्ले ल्हामो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य लगायतको अभिनय रहेको छ । फिल्म शुभलाभ फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । योगेश्वर पौडेल, थाक्पा तामाङ र माधव थापा कार्यकारी निर्माता रहेको फिल्म लेखन तथा निर्देशन सफल केसी र प्रतीक गुरुङले गरेका हुन् । फिल्ममा चिन्तन राजभण्डारीको छायाङ्कन र अर्जुन कार्कीको सम्पादन रहेको छ ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया