यो दुरी किन बिशाल/बेनिशा जि ?

एक समय थियो निर्देशक बिशाल भण्डारी र नायिका बेनिशा हमालको प्रेम चर्चा हुने गर्थ्यो । बिशालले बिभिन्न अन्तर्वातामा भन्ने गर्थे ‘बेनिशा मेरो जीवनमा परिवार पछीको महत्वपूर्ण मान्छे हो ।’ तर त्यही महत्वपूर्ण मान्छेसँग अहिले उनको सम्बन्ध अपरिचित भन्दा पनि परको छ । अर्थात उनिहरु एक अर्कालाई चिनेर पनि अपरिचित छन । यसको उदाहरण बन्यो कोहलपुर एक्स्प्रेसको स्पेसल शो ।

स्पेसल शो हेर्न उपस्थित बेनिशा र निर्देशक बिशाल भण्डारीको बिचमा निकै दुरी देखियो । बेनिशाले फिल्मकी नायिका द्वय केकी अधिकारी र प्रियंका कार्कीलाई अंकमाल गर्दै अपनत्वो दर्साईन । तर छेवैमा रहेका निर्देशक भण्डारी भने उनको आँखामा परेनन । न बिशाल नै बेनिशा भन्दै बोल्न गए । कुनै समय भण्डारी भन्ने गर्थे ‘म हरेक कुरा बेनिशालाई सुनाउँछु । उनीसँग सबै कुरा सेयर हुन्छ मेरो ।’ आफ्नो हरेक म्युजिक भिडियोमा बेनिशालाई नै लिने गर्थे भण्डारी । तर हिजोको त्यो माहोलमा भने उनिहरुको दुरी देखियो । हाइ हेलो समेत भएन उनिहरुको । एक ले अर्कोलाई दुर राख्न मै उनिहरु केन्द्रित देखिए । उनिहरुको यो दुरी कतै फिल्म कोहलपुर एक्स्प्रेसमा बिशालको जीवनकी महत्वपूर्ण पात्र बेनिशा नअटाउनुले त होइन ? प्रश्न उठेको छ ।