फ्लोरमा ‘डोली’

सामाजिक कथाबस्तुमा निर्माण हुने फिल्म ‘डोलि’को सुटिङ सुरु भएको छ । राजबहादुर सानेकाे लेखन तथा निर्देशन रहेको फिल्मको छायाङ्कन नुवाकोटका साथै रारा, जुम्ला तथा काठमाडौंमा पनि गरीएको गरिने छ । जय राम थापाको छायाङ्कन रहने फिल्ममा किशोर खतिवडा, अर्जुन गुरुड (भंगेरी डन), हिमवाला गौतम, नविनराज रेग्मी, सतिस खत्री, शानिया खान, संगिता नापित, बिरन डिसी लगायतका कलाकारको अभिनय रहनेछ ।

बिरंगना, बृन्दाबन, पाठशाला, लाटी लगायतका फिल्म निर्देशन गरिसकेका निर्देशक सानेको आफ्नै लेखन रहेको फिल्म डोलीमा सि.डि बिजय अधिकारी, राजकुमार बगर र बाबुल गिरीको संगित रहेको छ भने मेलिना राई, अनुष्का पाठक, सि.डि बिजय, मनिसा राई र युवराज चौलागाईको स्वर रहेको छ । फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी रहने छ । किरण नेपालीको प्रस्तुती रहेको फिल्म रेड बर्ड प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो ।