रेखाको हिरो ‘कमला’ काठमाडौँमा

अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको फिल्म ‘मालिका’ आँफै निर्देशन गर्ने भएकी छिन् ।

उनले यस फिल्मबाट जाजरकोट कि १४ बर्षिय कमला ओलीलाई मुख्य भूमिकामा प्रस्तुत गर्न लागेकी छिन् । अहिले सम्म टिभी पनि नहेरेकी कमलाले अब फिल्म खेल्ने भएकी छिन् । पहिलो पटक गाडी चढेर हजुरबुवासँग काठमाडौ आएकी कमला यतिखेर रेखाको घरमै बसेकी छिन । रेखा कै घर आएसी उनले टिभी देखिन । अब उनै रेखाले उनलाई ठुलो पर्दामा देखाउँदै छिन् त्यो पनि फिल्मको लिड हिरोको रुपमा ।
फोटो : प्रकाश सुवेदीको फेसबुकबाट