दुई दिन फुटबल खेल्दै अनमोल
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
अनमोल केसीले अभिनय गर्ने फिल्म ‘क्याप्टेन’को सुटिङ आइतबारबाट इलाममा सुरु भएको छ । तर धेरैले अनुमान गरे झैं फिल्मको सुटिङ पूर्ण रुपमा भने सुरु भइसकेको हैन । फिल्मको कथा अनुसारको सेटअप इलाममा चलिरहेको माईभ्याली गोल्डकपमा रहेकाले निर्माता भुवन केसीले चलाखी गर्दै सो कुरा खिच्न इलाम गएका हुन् । निर्माण टिमका एक सदस्यले दिएको जानकारी अनुसार अनमोलले दुई दिन त्यहाँ सुटिङ गर्नेछन् ।
आइतबार माइभ्याली कपको सेमीफाइनल थियो भने सोमबार फाइनल छ । सोही दिनमा अनमोल पनि फुटबल खेलाडीको रुपमा सुटिङमा सहभागी हुनेछन् । फुटबलको क्राउड र सेटअप दुरुस्त देखियोस् भनेर निर्माता भुवन केसीले बिचैमा सुटिङ सुरु गरेका हुन् । फिल्मको औपचारिक सुटिङ भने जेठको पहिलो हप्ताबाट गर्ने तयारी भइरहेको ति सदस्यले मेरो फिल्मलाई बताए ।
फिल्ममा अनमोल केसीसँगै उपासन सिंह र प्रियंका एमभीको अभिनय रहेको छ । फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गर्दैछन् ।
_Z8LKx7RWAr_iskxc8mkegtwckrfzwnjhamir6okcymaav3yfbc0ja6xrqp1aleqyljo1idy.jpg)
बोर्डले विवादास्पद कम्पनीसँग मिलेर गर्न लागेको फेस्टिभल ‘महापुरुष’ले बहिष्कार …

‘छड्के २’ टिजरः अनमोल र निर्देशकको कुरा नमिलेको हो ?

सबै हिरो व्यस्त, तर आकाशको हातमा छैन फिल्म

नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गरिन् एलिजा

‘छड्के २’ टिजरः ‘मेनडग’ बनेका अनमोलको ग्याङस्टार अवतार

प्रतिक्रिया