पूजाको जन्मदिनमा फिल्म ‘रामकहानी’को पहिलो गीत ‘तिम्रो लागि म छु’

नायिका पूजा शर्माको जन्मदिनको अवसर पारेर फिल्म ‘रामकहानी’ यूनिटले फिल्मको पहिलो गीत ‘तिम्रो लागि म छु’ सार्वजनिक गरेको छ । धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गरेको एकीकृत नमुना बस्ति सन्तपुरमा छायाँकन गरिएको उक्त गीतमा फिल्मका मुख्य कलाकार पूजा शर्मा र आकाश श्रेष्ठसँगै केदार घिमिरे, जितु नेपाल र विल्सन विक्रम राई फिचर्ड छन ।

अर्जुन पोखरेलको शब्द तथा संगीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर रहेको उक्त गीतको भिडियोमा कोरियोग्राफी कविराज गहतराजको रहेको छ । सुदर्शन थापाको निर्देशन रहेको फिल्म नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले संयुक्त रुपमा निर्माण गरेका हुन । फिल्ममा फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल र विल्सन विक्रम राई रविन्द्र झा, राजाराम पौडेल, शोभित बस्नेत, शिशिर राणा, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म भदौ २२ देखी प्रदर्शनमा आउने छ ।