ट्रिपल रोलमा गोबिन्दा

बलिउडका चर्चित अभिनेता गोविन्दा पहलाज निहलानीको नयाँ फिल्म ‘राजु रंगीला’ मा ट्रिपल रोलमा देखिने भएका छन् । २५ वर्षपछि यी दुई संगै काम गर्दै छन् । यसअघि गोविन्दा र निहलानीले साथमा फिल्म ‘आंखें’मा काम गरेका थिए, जुन १९९३ मा रिलिज भएको थियो । यतिबेला फिल्मको धमाधम छायांकन चलिरहेको छ ।

पहलाज निहलानी भन्छन, ‘यो फिल्ममा गोविन्दा ट्रिपल रोलमा देखिनेछन् । यस फिल्मबाट तीन नयाँ नायिकालाई लञ्च गर्दैछौं ।’ गोविन्दा पछिल्लो पटक फिल्म ‘आ गया हीरो’मा देखिएका थिए । गत वर्ष पहलाज निहलानीको फिल्म ‘जूली २’ आएको थियो, जुन बक्सअफिसमा फ्लप भयो । अब ‘राजु रंगिला’ कस्तो होला ? त्यो भने हेर्न बाकि नै छ ।