निकेश खड्काको ‘पखेटा’ सार्वजनिक

निकेश खड्का द्वारा निर्देशित ‘पखेटा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रविशा अधिकारी र बिष्णु आचार्यको आवाज रहेको गीतमा मनिष बशिष्टको शब्द तथा राजेन्द्र सुवेदीको संगीत रहेको छ । गीतमा लेखिएका शब्दको भावलाई स्याडो एक्ट मार्फत भिडियोमा प्रस्तुत गरिएको छ । गीतको प्रोपर्टी डिजाइन र व्यस्थापन सागर लामाले गरेका हुन् ।

म्युजिक भिडियो एरेन्ज अनिल धितालले गरेका हुन् भने मिक्सीङ फिरोज बज्राचार्यको रहेको छ । भिडियोमा सुबोल थापा , राजु नेपाली , अनन्त राई , रिना खत्री , सरिना सुनुवार , अनिमा लामाको अभिनय रहेको छ । मेकअप सविना लामाको रहेको छ भने उत्तम हुमागाईंको छायाँकन रहेको छ । भिडियो सम्पादन रुपेश खड्काले गरेका हुन् ।