‘बागी ३’ मा टाईगर श्राफ र अक्षय कुमार

टाईगर र दिशा स्टारर फिल्म बागी २ ले जबरदस्त सफलता पाएपछि अहिले टिम बागीको तेस्रो सिरिज निर्माणको तयारीमा रहेको छ  । तर अहिलेसम्म फिल्मको अफिसियल अनाउसमेन्ट भने भएको छैन । बागी ३ मा भने  टाईगरसँगै अक्षय कुमार पनि फिल्ममा देखिने भएका छन् ।  फिल्मको  बजेट पहिलेभन्दा ज्यादा रहने  बताइएको छ ।

बागी २ ले बक्स अफिसमा धमाका मच्चाईरहेको छ भने टाईगर श्रफ स्टारर फिल्म बागी २ रिलिज भएको तीन हप्ता भैससकेको छ । फिल्मले चौथो हप्तामा प्रबेश गरे सँगै राम्रो कमाई गरिरहेको छ । अहिले बागी २ ले १५५ करोड भन्दा बढिको ब्यपार गरिसकेको छ । बागी ३ मा टाईगर श्रफ र अक्षय कुमारको धमाकेदार एक्सन हेर्न पाइने छ ।