दीपिका महाभारतकी द्रौपदी


बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान ‘ठग अफ हिन्दूस्तान’ को शूटिंग पछि महाभारतमा काम गर्ने भएका छन् । महाभारतमा आमिर कृष्णको रोल निभाउने छन् भने द्रौपदीको रोल दिपिकाले निभाउने भएकी छन् । यो आमिरको ड्रीम प्रोजेक्ट रहेको र फिल्ममा ए लिस्टर्सको मात्र कास्ट गर्ने बताइएको छ । दिपिका यो रोलको लागि नेचुरल चोइस हो तर पध्मावत जस्ता एपिक फिल्म गरेकी र यसको विवादमा रुमलिएकी दिपिकाले के सजिलै एक्सेप्ट गर्लिन त ? यदि एक्सेप्ट गरिन् भने आमिर र दिपिका एकै साथ पहिलो चोटि स्क्रिन सेयर गर्नेछन् ।

दिपिकाले तीन खान मध्ये सिर्फ शारुख खानसँग मात्र फिल्म गरेकी छन् । फिल्मलाई रिलायन्श इन्डस्ट्रिको मालिक मुकेश अम्बानीले  १०० करोडको लगानी गर्ने छन् । यती मात्र होइन मुकेश आमिरको ड्रिम प्रोजेक्ट महाभारतको को प्रड्यूसर पनि हुने भएका छन् । मुकेशले हालै इरोज इन्टरनेसनल र एकता कपूरको प्रोडक्सन बालजीमा पैसा लगानी गरेका छन् । रिपोर्ट अनुसार आमिरको महाभारत एक फिल्म नभएर ५ सिरिज बन्ने बताइएको छ ।

यस फिल्मको लागि आमिरलाई १० देखि १५ बर्षसम्म लाग्ने भएको  छ । सीरिजको पहिलो भाग अद्वेत चन्दनले डाईरेक्ट गर्ने भएका छन् । उनले आमिरको सेक्रेट सुपरस्टार पनि डाईरेक्ट गरेका थिए भने एक सिरिज आमिर आफै डाइरेक्ट गर्ने छन् । फिल्मलाई ऐड गुरु वीए श्रीकुमार मेननले डाईरेक्ट गर्ने भएका छन् । फिल्मको शूटिंग सेप्टेम्बर २०१८ बाट सुरु हुने बताइएको छ भने २०२० मा रिलिज गर्न तयारी गरिएको छ ।