किन सर्यो ‘छक्का पन्जा ३’को छायाङ्कन ?

केही समय अगाडी ‘ऐश्वर्य’ डेब्यू नायिका दीपिका प्रसाईलाई फिल्ममा अनुबन्ध गरेको फिल्म ‘छक्का पन्जा ३’ छायाङ्कन सरेको छ । रेकर्ड ब्रेकर ‘छक्का पन्जा’को सिक्वेल ‘छक्का पन्जा ३’को स्क्रिप्टमा समय नपुगेको र आफुलाई चित्त नबुझेको भन्दै निर्माण टिमले सुटिङ केही दिन पर सारेको हो । ‘वैशाख १७ गतेबाट फ्लोरमा जान्ने भनिएको थियो तर मेरो आफ्नै तयारी पुगेको छैन । स्क्रिप्ट अली चित्त बुझ्दो भएको छैन, केही दिन लाग्छ त्यसलाई पुरा गर्न । अरु त्यस्तो हिडन रिजन केही छैन , अब वैशाख २८ गतेबाट फ्लोरमा जान्छौँ’ निर्माता दिपकराज गिरीले भने ।

दीपाश्री निरौलाको निर्देशन रहने फिल्ममा पुरानै कलाकारहरु दोहोरिने छन । दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, वुद्दि तामाङ लगायतका कलाकारहरुसँगै यस पटक नायिका दीपिका प्रसाई ‘छक्का पन्जा’ टिममा जोडिएकी छिन् भने नायिका प्रियंका कार्की विशेष भूमिकामा देखिने छिन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायाङ्कन रहनेछ । फिल्म दशैँको फूलपातिबाट प्रदर्शनमा आउनेछ ।