‘इन्डस्ट्रीमा कसैको जबर्जस्ती रेप हुदैन, सबै आफ्नै खुसीले हुन्छ’


राखी सावन्त जहेल्यै आफ्नो फरक अभिब्यक्तिका कारण चर्चामा रहन्छिन । उनले कास्टिंग काउचको बिषयमा कोरियोग्राफर सरोज खानको समर्थनमा भनिन् ‘फिल्म इन्डस्ट्रीमा कसैको जबर्जस्ती रेप हुदैन सबै कुरा आफ्नै खुसीले हुने गर्छ । सबै कुरा देखेर पनि मान्छेहरु कास्टिंग काउचको बिषयमा झुट बोल्ने गर्छन किनकी उनीहरुको काम त चालि नै रहेको हुन्छ ।

करियर बनाउने होडमा नयाँ एक्ट्रेस जे पनि गर्न तयार हुन्छन । यदि कोहि प्रोडुसरको अगाडी गएर यो अफर दिन्छन कि जे मन छ गर्नुस तर काम चै दिनुस,भने यहाँ प्रोडुसरको गल्ति के भयो र ? उनले भनिन यस बिषयमा सरोज खानले जे बयान दिएका छन् त्यो गलत होइन । केहि दिन अगाडी सरोजले भनेका थिए कास्टिंग काउच बाबा आदमको जमाना देखि चल्दै आएको छ । फिल्म इन्डस्ट्री रेप गरेर छोड्ने होइन, एक्ट्रेसलाइ रोजी रोटी दिने गर्छ । पछि भने उनले यस अभिव्यक्तिका लागि माफी मागेका थिए ।