जोसँग फिल्म खेल्यो उसैसँग लपक्क पूजा

हुनत, फिल्ममा अभिनय मात्र नभएर पैसा पनि लगानी गरेपछि कुनै पनि निर्माताले त्यो लगानी उठोस् र पैसा पनि कमाइयोस् भन्ने चाहन्छन् । अभिनेत्रीबाट निर्मात्री बनेकी पूजा शर्माको सोच पनि यस्तै होला । सायद, यही भएर उनी जो हिरोसँग काम गर्छिन् उसैसँग लपक्क हुन्छिन् । फिल्म ‘प्रेमगीत’मा काम गर्दा उनी प्रदिप खड्काको बयान गरेर थाक्थिनन् । प्रदिपलाई स्टार भन्नेदेखि उनी मन परेको कुरा समेत उनले गरिन् । संचारमाध्यममा त प्रदिप र पूजाको प्रेम नै छ कि भन्ने खालका समाचार पनि आए । तर, फिल्म चलेपछि पूजा र प्रदिपको सम्बन्ध पनि विश्राम लाग्यो ।
अर्को, फिल्म ‘म यस्तो गीत गाउँछु’मा काम गर्दा पूजा र अभिनेता पल शाहको सम्बन्धले फेरि चर्चा पायो । यस्तो लाग्यो कि पूजा र पलको लभ नै परेको छ । पल जस्तो कोही नभएको भन्दै पूजाले उनको तारिफ गरेर थाकिनन् । तर, यो फिल्म चलेपछि पूजा र पलको सम्बन्ध पनि सुमधुर छैन । अहिले त पूजा पल घमण्डी भएको, आफ्नो रेस्पोन्स नगरेको भन्दै कुर्लन थालेकी छिन् । अहिले, पूजा फिल्म ‘रामकहानी’ बनाइरहेकी छिन् । यसैले, अहिले फेरि पूजाले यो फिल्मका अभिनेता आकाश श्रेष्ठ जस्तो अरु कोही पनि छैन जस्तो गर्न थालेकी छिन् । आकाशले आफ्नो केयर गर्ने, आकाश श्रीमान् बन्न लायक, आफ्नो दिल चोरेको जस्ता कुरा गरेर पूजा थाक्दिनन् ।
आखिर, जुन फिल्ममा काम गर्यो सोही फिल्मका अभिनेतासँग यति लपक्क किन हुन्छिन् पूजा ? यो फिल्म चलाउने दाउ मात्र हो कि, पूजाको बानी नै यस्तै हो ?
फोटो :आर्यन बिमली

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_mMerQCaPpX_pvpumaixev1rmejvcikqdh3mwbf9wc8fyusl4elg0qjvvgviiyahuyyem1lf.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया