बर्षाको हात हेर्दै आकाश (भिडियो)

गायक इश्वर पोखरेल अविरलको लोक पप गीत ‘कति बज्यो’को भिडियो सार्वजनिक भएको छ । पूर्वी तथा पश्चिम नेपालमा प्रचलित लोक भाकालाई आधुनिक लयमा ढालेर तयार पारिएको उक्त गीतमा एकानाराण भण्डारीको शब्द तथा संगीत रहेको छ ।

भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् भने भिडीयोमा बर्षा शिवाकोटी र आकाश श्रेष्ठको अभिनय हेर्न सकिन्छ । गायक पोखरेलको यसअघी सितलु, अराइजु जस्ता म्यूजिक भिडीयो सार्बजानिक भैसकेका छन् ।