श्रृष्टीको प्रेममा डुप्लिकेट अनमोल

केही समय अगाडि नायक अनमोल केसी जस्तै देखिने भनेर एक यूवा सामाजिक संजाल र युटुबमा भाइरल भएका थिए । उनी थिए, अभिषेक श्रेष्ठ । नृत्यमा पोख्त अभिषेक झट्ट हेर्दा अनमोल जस्तै देखिन्छन् ।

उनै, अभिषकले म्यूजिक भिडियोमा मोडलिङ पनि गरिरहेका छन् । उनले, मोडलिङ गरेको एक गीतको भिडियो सार्वजनिक भएको छ । ‘लाग्छ तिमी यही छ्यौ’ बोलको गीतको भिडियोमा अभिषेक र मोडल श्रृष्टी खड्कालाई देख्न सकिन्छ । दाउत राइ(विकेन्द्र)’को स्वर रहेको यो गीतमा झरना क्षेत्रीको शब्द, र विकेन्द्रकै संगीत रहेको छ । भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन रहेको छ ।