‘बेबी आई लभ यू’को नयाँ गीत ‘तेरो मेरो’ सार्वजनिक

फिल्म ‘बेबी आई लभ यू’को नयाँ गीत ‘तेरो मेरो’ मेल भर्सन सार्वजनिक भएको छ । सार्वजनिक गीतमा फिल्मका नायक सन्तोष खड्गीको संगीत तथा स्वर रहेको छ ।

लभ स्टोरी फिल्म‘बेबी आई लभ यू’मा सन्तोष खड्गी, पुजा तिवारी,सरोज खनाल, निर्मल शर्मा, रेसम बुढाथोकि, एपसोन पन्थि,बिमला गिरी, किरण के शर्मा लगायतले अभिनय रहेको छ भने कार्टूंन्ज क्रिउ बिशेष भूमिकामा देखिएका छन । जनक पाण्डेको निर्देशन, सुरज आचार्यका छायांकन रहेको फिल्मलाई शिव न्यौपानेले निर्माण गरेका हुन् । फिल्मको पटकथा, संगीत सन्तोष खड्कगीकै रहेको छ भने गीतलाई सन्तोष खड्गी, निर्मल बिक, प्रियंका शर्मा लगायतले स्वर दिएका छन् । फिल्मको सम्पादन सुवास देवकोटाले गरेका हुन् । लिचि ईन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्म जेष्ठ १८बाट अल नेपाल रिलिज हुनेछ ।