मोदी बन्दै रामचन्द्रन

भारतको केरलमा बस्ने एमपी गत वर्ष एकाएक चर्चामा आएका थिए । पायनूर रेलवे स्टेशनमा रेल कुरिरहेका उनको तस्बिर भाइरल भएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै देखिने उनले चाँडै नै फिल्म खेल्ने भएपछि पुनः चर्चामा आएका छन् । नोटबन्दी माथि बन्न लागेको फिल्म स्टेटमेन्ट ८ र ११ मा उनी मोदीको भूमिकामा देखिने भएका छन् ।
उक्त फिल्ममा रामचन्द्रनको तीन चार वटा सीन भएको बताइएको छ । तीमध्ये एउटा नोटबन्दीको घोषणाको हुनेछ । स्टेटमेन्ट ८र११ एक कन्नड फिल्म हो जसलाई अप्पी प्रसादले निर्देशन गरिरकेका छन् । स्मरण रहोस्, कर्नाटकमा विधानसभाको चुनाव नजिकिँदो छ । यस्तोमा यदि यो फिल्म चुनाव अगावै रिलिज भए त्यसले नोटबन्दीको विषयमा विपक्षी पार्टीलाई एकपटक पुनः मुद्दा बनाउने मौका हुनेछ ।

देवल परिवारका लागि यो बर्ष कसरी बन्यो बम्पर

बलिउड अभिनेता अमिर खान २४ घण्टासम्म चक्राबत मिचुआङमा फसे पछि...

अर्जुन कपुरको एउटा फिल्म जसले २ लाख पनि कमाउन सकेन

मृगौला फेल भएपछि ‘सीआइडी’का ‘फ्रेडी’को निधन

‘डंकी’को ट्रेलरमा देशप्रेम, कमेडी र मित्रताको कथा

ऋतिकको 'फाइटर' को 'फस्ट लुक' देखेर फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?’

'भुल भुलैया- ३' मा कार्तिक आर्यन कन्फर्म, तब्बुद्वारा रिजेक्ट

प्रतिक्रिया