गर्भवती कार्डी स्टेजमा

- मेराेफिल्म

अमेरिकी र्‍यापर कार्डी बी गर्भवती छिन् । तर, यो तथ्यलाई भुलेर उनले आफ्ना समर्थकहरूका लागि मीठो गीत मात्रै गाइनन् । स्टेजमा उत्रिएर आकर्षक प्रस्तुति पनि दिइन् ।

बिलबोर्ड ल्याटिन म्युजिक अवार्ड वितरण समारोहमा उनरु र ओजुनाले आफ्नो संयुक्त हिट ‘ला मोडेलो’ गीत प्रस्तुत गरे । सन् २०१७ को डिसेम्बरमा रिलिज भएको यस गीतको भिडियो युट्युबमा १ सय ९२ मिलियनभन्दा बढी हेरिसकिएको छ ।
 
यसअघि गत बुधबार मात्रै यी र्‍यापरले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै गर्भवती भएकाले आफ्ना थुप्रै शोहरू स्थगित गर्नुपरेको घोषणा गरेकी थिइन् । उनले यसै साता हुने ‘ब्रोक्कोली सिटी फेस्टिभल’मा आफ्नो अन्तिम प्रस्तुति दिने उल्लेख गरेकी थिइन् ।
साभार : न्यूज अभियान
२०७५ वैशाख १९ गते ११:२५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *