सोनाम र आनन्दको विवाहको मिती सार्बजनिक

पछिल्लो समय सोनाम कपूर र आनन्द अहुजाको जोडीलाई बलिउडको फेवरेट जोडी मानिन थालेको छ । । डेटिङको सुरुवात देखिनै यी जोडीको विवाहको धेरै चर्चा चलिआएको थियो ।

धेरै चर्चा पछि अहिले भने यी जोडीको विवाहको अफिसियल अनाउस्मेन्ट भएको छ । दुबै सोनाम र आनन्दको परिवारको सहमतिमा विवाहको अफिसियल स्टेट्मेन्ट सार्बजनिक भएको हो । स्टेट्मेन्ट अनुसार विवाहको मिती ८ मे को दिन मुम्बईमा सम्पन्न हुने घोषणा भएको छ । सोनाम र आनन्दका परिवार निकै खुशी देखेका छन् । बलिउडका स्टारहरु करण जोहर, करिना कपूर,करिश्मा कपूर,अर्जुन कपूर, रनविर सिह लगायतका थुप्रै स्टारहरुको उपस्थिति रहने बताए । दुई परिवारको सहमतिमा पहिलो पटक विवाहको अफिसियल अनाउसमेन्ट भएको छ ।