सुरविना र जेनिशाको मुम्बइको धाक, तर नेपालमै बनेन साख

नेपाली फिल्ममा अभिनय कमजोर भएपछि अभिनेत्री सुरविना कार्की मुम्बई लागिन् । मुम्बइमा अभिनेता अनुपम खेरको फिल्म स्टूडियोमा ३ महिना पढेपछि उनले आफूलाई अब पूर्ण भएको महशुश गरिन् । नेपाल आएपछि अब छानेर मात्र फिल्म खेल्ने उनको योजना थियो । जस्तो पायो त्यस्तो भूमिका नगर्ने उनको अडान थियो ।

तर, न त उनको अडानले काम गर्यो न त उनको मुम्बइको पढाइले । फिल्मीकर्मीले उनलाई पत्याएनन् । सुरविना केही समय त अरु फिल्मका कार्यक्रममा बबाल पहिरनमा पुगिन् र तस्बिरमा छाइन् । तर, हातमा लाग्यो शुन्य । सुरविना अहिले कहाँ छिन् कमैलाई मात्र थाहा होला । अभिनेत्री जेनिशा केसीको मुम्बई धाक पनि कम छैन । नेपाली फिल्ममा पूर्ण रुपमा डब्बा भएपछि उनी पिताका साथी बलिउड अभिनेता मिथुन चक्रवर्तीको साथमा मुम्बइमा पुगिन् र केही स्टारसँग भेट गरिन् । जेनिशालाई त्यो भेट ठूलै बम्पर हिट फिल्म दिएको भन्दा बढी भयो । नेपालमा नचलेकी यी अभिनेत्री मुम्बइमा पुगेर संघर्ष गर्दैछिन् । उनलाई त हिन्दी भाषामा मात्र समस्या भएको भन्दै अडिसनबाट बाहिरनु परेको पीडा रहेछ । यसैले, अहिले उनी हिन्दी भाषा सिक्दै छिन् ।

नेपालमा नचलेर हिडेकी जेनिशाको मुम्बई गफ कुनै बलिउडकी चर्चित हिरोइनको भन्दा कम छैन । नेपालमा नबनेको साख, मुम्बइको धाक भनेको सुरविना र जेनिशामा जस्तो लागू अरु कसमा होला र ?