३६औँ दिनमा सकियो ‘चङ्गा चेट’को सुटिङ

फिल्म चङ्गा चेटको सुटिङ ३६औँ दिनमा सकिएको छ । प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता राज्यलक्ष्मी राणा, सुरक्षा पन्त स्टारर फिल्ममा दीपेन्द्र के. खनालको निर्देशन रहेको छ ।

माधव वाग्ले निर्मित फिल्ममा ऋचा शर्मा, रविन्द्र झा, सन्दिप क्षेत्री लगायतको समेत अभिनय रहेको छ । फिल्ममा निरज कँडेलको छायांकन, प्रदिप भारद्धाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटी संगीत रहेको छ ।