आमेष जी, पहिरनकै चर्चामा रमाउने हो ?

अभिनेता आमेष भण्डारी फिल्म क्षेत्रमा अनलक्की मानिन्छन् । फिल्म असफलताले उनलाई ब्याक मात्र गराएन, प्रेमिका नीता ढुंगानासँग पनि ब्रेकअप गरायो । पहिलो फिल्म असफल भएको पीडाले होला, उनले फिल्म ‘मेला’को पत्रकार सम्मेलनमा मुख खोलेरै भने–‘मैले यति ठूलो भिड फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ चल्दा पनि देखिन ।

आमेष फिल्ममा सफल हुन नसकेपनि उनको पहिरन, हेयर स्टाइल, जुत्ताको चर्चा हुन्छ । सार्वजनिक कार्यक्रममा पुगेर उनी पोज दिएर तस्बिर खिचाउन सबैभन्दा बढी सौखिन छन् । आमेष क्यामेरा देख्ने वित्तिकै तस्बिर खिचाउन तल्लिन हुन्छन् । उनी, आफूसँग भएका जुत्ता, कपडाको बखान गर्न पनि खुबै माहिर छन् । उनको कामको तारिफ भएपनि नभएपनि उनले लगाउने पहिरनको मुल्यको खुबै चर्चा हुन्छ । सार्वजनिक कार्यक्रममा पहिरन त लगाउन पर्छ । तर, पहिरनको मुल्यमा गफिएर त्यसले करिअरलाई खासै फाइदा हुँदैन भन्ने आमेषले कहिले वुझ्लान् ? केही दिन अगाडि आयोजना भएको एक अवार्ड समारोहमा पनि आमेषले तस्बिर मात्र खिचाएनन्, पहिरनको मुल्य समेत बताउन भ्याए ।
आमेषले पहिरन जस्तै आफ्नो करिअर र अभिनयमा पनि ध्यान दिए कती राम्रो हुन्थ्यो होला ? फिल्म हिट भएर स्टार भएपछि पहिरनको मुल्यमा रमाउन पर्दैनथ्यो की आमेष जी ।