‘साकुरा नाईट-३’का लागी आधा दर्जन कलाकार टोकियोमा 

‘साकुरा नाईट-३’का लागी कलाकारहरुको टोली जापानको राजधानी टोकियो पुगेका छन् । गोल्डेन विकको अवसरमा मे ३ तारिख (भोली) टोकियोमा हुने ‘साकुरा नाईट-३’का लागी लोक गायक मिलन लामा, गायिका मिलन नेवार अमात्य, गायक हेमन्त शर्मा, गायक कमल खत्रि, हाँस्यकलाकार सन्दिप क्षेत्री लगायत टोकियो पुगेका हुन ।

कलाकारको टोलीलाई आयोजक बाशुदेव लामिछाने, डिजे जोन छन्त्याल, हामीले नगरे कसले गर्नेका संयोजक दीपकबाबु नेपाल, पत्रकार रमेश श्रीसमगर, रामेछाप समाजका अध्यक्ष उत्तमकुमार श्रेष्ठ, रबिन शर्मा, एलेक्स कट्टेल लगायतले एयरपोर्टमा भव्य स्वागत गरेका थिए । कार्यक्रमकै लागी सञ्चारकर्मी नरेश भट्टराई यसअघि नै टोकियो पुगिसकेका थिए । सूर्य कर्पोरेशन र गृष्मा इन्टरटेन्टमेन्टको संयुक्त सहकार्यमा विगत तीन वर्षदेखि ‘साकुरा नाईट’ आयोजना हुँदै आएको छ । कार्यक्रमको मुनाफा मानवसेवा आश्रमलाई सहयोग गर्ने सूर्य कर्पोरेशनका अध्यक्ष बाशुदेव लामिछानेले बताए । आयोजकले गत वर्षको कार्यक्रमको मुनाफाबाट पनि १ लाख ११ हजार १११ रुपियाँ सोही संस्थालाई सहयोग गरेको थियो । कार्यक्रममा जापानमै रहेका राजेश र लक्ष्मी केसीको जोडी र बालकलाकार दिव्या नेपालको पनि नृत्य रहने अध्यक्ष लामिछानेले बताए । कार्यक्रम टोकियोस्थित नाकानो जिरो हलमा हुँदैछ । नेपालका चल्तीका कलाकारको साथमा हुन लागेको ‘साकुरा नाईट-३’ भोली टोकियोपछि ४ तारिख नागोया र ५ तारिख ओशाकामा हुनेछ ।