‘हैरान च्यालेञ्ज’ लिएर मोफसल यात्रामा फिल्म ‘हैरान’ यूनिट

फिल्म ‘हैरान’को निर्माणपक्षले प्रतिभाको खोजी गर्ने भएको छ । फिल्म ‘हैरान’ यूनिट मोफसल यात्रामा निस्किएको छ । ‘हैरान च्यालेञ्ज’ अन्तर्गत ‘राष्ट्रिय प्रतिभाको खोजी’ गर्न फिल्मका निर्देशक सौगात विष्टसँगै कलाकारहरु गजित विष्ट , निर्मल शर्मा , सागर लम्साल , आरोही शर्मा मोफसल यात्रामा निस्किएका हुन् । । नृत्य , अभिनय र गायन विधामा प्रतिभाको खोजि वैशाख २० गते झापाबाट सुरु हुने अडिसनका लागि फिल्म यूनिटले मोफसल यात्रा सुरु गरेको हो ।
२० गते झापाको बिर्तामोडबाट सुरु हुने अडिसन २१ गते विराटनगर ,२२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ , २७ गते पोखरा तथा २८ र २९ गते काठमाण्डौंमा हुनेछ । ‘हैरान च्यालेञ्ज’मा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्नेछन् । तिनै विधाका विजेतालाई जनही १ लाख नगद र डान्स फिवर मार्फत निर्माण हुने चलचित्र तथा म्युजिक भिडियोमा अवसर दिइने छ । साथै टप १५ मा पर्ने सम्पूर्णलाई जनही १० हजार नगद प्रदान गरिने समेत हैरान यूनिटले जनाएको छ ।
कमेडी जनरामा बनेको फिल्ममा सत्यराज आचार्य, सरोज खनाल, बुद्धि तामाङ, गजित विष्ट, आरोही शर्मा, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, पुष्कर रेग्मी, एन्जल राई लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई सौगात बिष्टले निर्देशन गरेका हुन । डान्स फेभरको ब्यानरमा निर्मित फिल्म मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई.एल लामा लगायतले संयुक्त रुपमा निर्माण गरेका हुन भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । फिल्म जेठ ४ गतेबाट रिलिज हुँदै छ ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया