आराध्या बच्चनका दुई पिता संगै


अमिताभ बच्चन र ऋषि कपूर आजकल आफ्नो आउदै गरेको फिल्म १०२ नट आउटको प्रोमोसन गर्दै छन् । प्रोमोसनमा यी दुइको साथ दिदै छन् बच्चन एन्ड कपूर सन्स । अभिषेक बच्चन र रणबीर कपूरले एउटा पाउट सेल्फी खिचेर इन्स्टाग्राममा हालेका छन् । अभिषेकले फोटोमा लेखेका छन् ‘यदि उनीहरु गर्न सक्छन भने हामी पनि गर्न सक्छौ’ । केहि दिन पहिला अमिताभ बच्चन र ऋषि कपूरले आफ्नो पाउट गरेको फोटो हालेका थिए, जुन भाइरल पनि भएको थियो।

अभिषेक-रणबीरको यो फोटो देखेर आराध्या कन्फ्युज हुने भएकी छन् । किनकी यस भन्दा अगाडी समेत उनी रणवीरलाई अभिषेक सम्झिने गल्ति गरिसकेकी छन् । जब ऐश्वर्या रणवीर संग ए दिल हे मुस्किलमा काम गर्दै थिइन्, रणवीर अभिषेकको जस्तै ज्याकेट र टोपी लगाएर सेटमा आए । आराध्या दौडिदै गएर रणवीरसंग बासिन् । रणवीरले केहि रिएक्ट नै गर्न पाएनन् ।