आत्मघाती बम हमलाबाट मारिएका पत्रकारहरुको सम्झनामा दीप प्रज्वलन
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
गत सोमबार अफगानिस्तानको काबुलमा आत्मघाती बम हमलाबाट मारिएका पत्रकारहरुको सम्झनामा नेपाल पत्रकार महासंघ र फोटो जर्नलिष्ट क्लब नेपालको संयुक्त आयोजनामा बुधबार काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।
दीप प्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, एशोसियट संस्था, रिपोर्टस क्लब लगायतका संस्थाका पदाधिकारीसहित विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकार, पत्रकार तथा टेलिभिजन क्यामरा पर्सनहरुको उपस्थिति रहेको थियो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष आचार्यले पत्रकारमाथि लक्षित हुने कुनै पनि आतंककारी हमला सभ्य समाजमा स्विकार्य नहुने भन्दै त्यसबाट विश्वभरका पत्रकारहरु एकजुट हुने बताए । ‘आतंककारीले पत्रकारलाई लक्षित गरेर गरेको हमलामा आफू सफल भएको ठान्लान । तर यस्ता आतंकवादी हमलाबाट पत्रकारको कलम डगमगाउने छैन । हामी विश्वका कुनै पनि कुनामा पत्रकारलाई लक्षित गरेर हुने यस्ता हमलाको भत्र्सना गर्छौ,’ आचार्यले भने ।
यसैगरी प्रेस काउन्सिलका अध्यक्ष श्रेष्ठले आतंककारी हमलाको निन्दा गर्दै यस्ता हमलाबाट पत्रकारको रक्षा गर्न संसारभरका सबै सरोकारवालाहरु चनाखो हुनुपर्ने विचार राखे ।
बम हमलामा परी अफगानिस्तानमा एएफपीमा कार्यरत फोटो पत्रकार शाह मराई लगायत ९ पत्रकारको ज्यान गएको थियो । त्यसैगरी दक्षिणी अफगानिस्तानको खोस्ट प्रान्तमा बीबीसीका पत्रकार अहमद शाह मारिएका थिए ।
काबुलस्थित नेटोको मुख्यालय र अमेरीकी दूतावास नजिकै भएको बम बिष्फोटनको समाचार संकलन गरिरहेको अवस्थामा क्यामरासहित पत्रकारको भेसमा मोटरसाइकलमा पुगेका आत्माघाती हमालाकारीहरुले पत्रकारहरुलाई लक्षित गरी बिष्फोट गराएका थिए ।
काबुल घटनामा पत्रकारहरु सहित २५ जना मारिएका थिए । घटनाको आइएसले जिम्मेवारी लिएको थियो ।
मारिने पत्रकारहरु
शाह मराई – एएफपी
यर महोमद तोखी – टोलो न्यूज
महाराम दुरानी – रेडियो फ्री यूरोप
अब्दुला हाननजई – रेडियो फ्री यूरोप
सबाउन काकर – रेडियो फ्री यूरोप
गाजी रासौली – वान टिभी
नरुज अलि राजबी – वान टिभी
सलिम तलास – मासाल टिभी
अलि सालमी – मासाल टिभी
अमहद शाह – बिबिसी

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया