अजय देवगन अस्वस्थ, कफीको कपसमेत उचाल्न नसक्ने अवस्था

- मेराेफिल्म


बलिउडका चर्चित अभिनेता अजय देवगनको स्वास्थ्य अवस्थामा समस्या आएको छ । उनी अस्वस्थ भएपछि फिल्म ‘टोटल धमाल’ सुटिङ प्रभावित भएको छ ।सुटिङमा रहेका उनी राम्ररी काम गर्न सकेका छैनन् । अभिनेता अजयलाई टेनिस एल्बो (कुहिनाको मांसपेशी दुख्ने रोग) भएको छ र उपचारका लागि जर्मनी जान चिकित्सहरुले सुझाव दिएका छन् । टेनिस एल्बोका कारण कफीको कपसमेत उचाल्न नसकेका अजयलाई चाँडै उपचार गर्न फिल्मका सह – अभिनेता अनिल कपुरले सल्लाह दिएका छन् ।

२०७५ वैशाख २० गते १२:२४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *