बैशाख २८मा करिश्माको ‘हिरोज’

यसअघी बैशाख २३ गते प्रदर्शन हुने भनिएको पूर्णिमा लामा निर्मित फिल्म ‘हिरोज’ बैशाख २८ गते देखि रिलिज हुने भएको छ । एनवी महर्जनको निर्देशन रहेको फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, पूर्णिमा लामा, संजोग राणा, ज्याक श्रेष्ठ, दिलकृष्ण श्रेष्ठ लगायतका कलकारहरुको अभिनय रहेको छ ।

फिल्मको कथा चेलीबेटी बेचबिखन, बेरोजगारी, सडक बालबालिकामा आधारित रहेको छ । लक्ष्मी लामाको प्रस्तुतिमा जय लक्ष्मी फिल्म्सको ब्यानरमा तयार भएको फिल्म शेखर लामा, युवराज लामा र संजोग राणा लगायतको संयुक्त लगानिमा निर्माण भएको हो । फिल्ममा कविराज गहतराज, रामजी लामीछाने र कमल राईको कोरियोग्राफी रहेको छ भने छायाङ्कन शिब ढकाल र रामशरण उप्रेतीको रहेको छ ।