अन्जु पन्तको गीतमा शिल्पासँग स्क्रिन सेयर गर्दै शाहिल (फोटो/भिडियो )

- मेराेफिल्म

शाहिल खान, त्यती अपरिचित नाम होइन यो । कुशल सम्पादकको पहिचान बनाएको शाहिल खानले मोडलिङ यात्रा सुरु गरेका छन् । उनले क्षितिज श्रेष्ठ र सन्तोष कटुवालको शब्दमा आलिफ खानको संगीत र अन्जु पन्तको स्वर रहेको ‘नरुनु है’ बोलको गीतको भिडियोमा अभिनय गरेका छन । सम्पादकको रुपमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल खानले अभिनयलाई आफ्नो सोख भनेका छन् ।

यसअघि उनि अभिनित फिल्म ‘च्याम्पियन’ रिलिज भैसकेको छ । पछिल्लो समय सार्बजनिक भिडियोमा उनले नायिका शिल्पा पोखरेलसँग स्क्रिन सेयर गरेका छन । भिडियोमा अर्जुन तिवारीको छायाङ्कन रहेको छ भने विज्ञान राईको सम्पादन तथा निर्देशन रहेको छ ।

 


२०७५ वैशाख २० गते १२:५५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *