मरिस्कासँग ‘प्रेमालय’मा अन स्क्रिन रोमान्स गर्दै निराजन

चकलेटी मोडलको रुपमा चर्चा कमाइसकेका मोडल निराजन प्रधान अब फिल्मी पर्दामा देखिने पक्का भएको छ । फिल्म ‘प्रेमालय’ मार्फत उनी ठुलो पर्दामा देखिन लागेका हुन । ‘प्रेमालय’को आज काठमाडौंमा एक औपचारिक कार्यक्रमका बिच निर्माण घोषणा गरिएको हो । यसअघी फाट्टफुट्ट केही फिल्ममा देखिए पनी मुख्य भूमिकामा उनी कुनै फिल्ममा देखिएका थिएनन । फिल्ममा उनले नायिका मरिस्का पोखरेलसँग रोमान्स गर्दैछन ।

पारिवारिक माया प्रेममा आधारित कथाबस्तु समेटिने फिल्ममा निराजन र मरिस्कासँगै सन्नी ढकाल, डा. सुर्या थापा, रबिन्द्र झा, दलमान पुन, रेमिना गिरी लगायतको मुख्य अभिनय रहने छ । केही हप्तामा नै फ्लोरमा जान लागेको फिल्मको छायाङ्कन नेपाल र अष्ट्रेलियामा हुनेछ । म्युजिक भिडियोमा एकछत्र राज गरेका निराजनको म्युजिक भिडियो अभिनयमा निकै तारिफ हुने गरेको छ । फिल्मको लागि निर्देशक भन्दा पनि राम्रो स्क्रिप्टको पर्खाइमा थिएँ बल्ल त्यो स्क्रिप्ट मेरो हातमा आयो र फिल्म गर्न राजी भएँ’ निराजनले भने । उनी भन्छन ‘म्युजिक भिडियोमा दर्शकको जुन साथ र माया पाएको छु त्यो फिल्ममा पनि अवश्य पाउनेछु ।’

केही समय अगाडी मात्र निराजन नाम नखुलेको एक फिल्ममा अनुबन्ध भैसकेका छन् जुन फिल्मलाई कृषा चौलागाईँले निर्देशन गर्नेछिन् । ‘प्रेमालय’मा राजन राज सिवाकोटी, कल्याण सिंहको संगीत, किरण माइकलको कथा, रह शर्माको छायाङ्कन रहनेछ । एस.के स्क्वायर प्रोडक्सन र ए प्लस इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा बन्ने फिल्मलाई सुबास श्रेष्ठले निर्माण गर्न लागेका हुन भने मनोज अधिकारी कार्यकारी निर्माता रहेका छन । फिल्ममा कुमार शाहको निर्देशन रहनेछ ।
फिल्म ‘प्रेमालय’कै घोषणा कार्यक्रममा सोहि टिमले निर्माण गर्ने अर्को फिल्म ‘रुमानी’को समेत घोषणा गरिएको थियो ।