रेखाको दिन गएपछि आँचल आएकी हुन् र ?

- मेराेफिल्म

फिल्म ‘हिरो रिटन्र्स’को घोषणा भएको केही बर्ष भयो । तर, फिल्म रिलिज गर्न ढिलाई भैसकेको छ । अभिनेता सविन श्रेष्ठको प्रस्तुतीमा तयार भएको यो फिल्म अब जेठमा चलाउने कुरा छ । फिल्ममा सविन श्रेष्ठ, रेखा थापा र दिल श्रेष्ठको मुख्य भूमिका छ । यो फिल्मको अहिलेसम्म जारी प्रचारमा यीनै कलाकारको मात्र नाम थियो ।

तर, बिहिबार सार्वजनिक भएको फिल्मको शिर्ष गीतमा अभिनेत्री रेखा थापा देखिइनन् । बरु, यो गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा देखिएकी छिन् । आँचल फिल्मको यो गीतमा मात्र हुन् कि उनी फिल्ममा पनि छन् भन्ने सविनले बताएका छैनन् । तर, आँचलको नाम यसअगाडि कहिल्यै पनि आएको थिएन । यो गीतमा सविन र रेखाको जोडी हुनुपर्ने हो । तर, आँचल र सविनको जोडी देखिएपछि प्रश्न उठ्नु स्वभाविक नै हो । अहिले अभिनेत्री रेखा थापाको नाममा युटुबमा न त भिडियो जान्छ, न त उनको क्रेज नै खासै छ । युटुबमा राम्रै चलेकी आँचलको क्रेजलाई देखेर सविनले रेखाको ठाउँमा आँचललाई नचाएका त होइनन् ?
होइन भने, यो गीतको शब्द अनुसार सविन र रेखालाई फिचरिङ गर्दा बढी सुहाउँछ । तर, आँचललाई फिचरिङ गर्नुको कारण रेखाको घट्दो क्रेज त होइन भनेर प्रश्न उठाउने ठाउँ प्रशस्त छ ।

२०७५ वैशाख २० गते १८:४१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *