कोहलपुर एक्सप्रेसले काट्यो १ करोडको केक !

फिल्म कोहलपुर एक्सप्रेसले प्रदर्शनको ७औँ दिन सम्म अाइपुग्दा करोड क्लबमा प्रबेश गरेको छ । निर्माण यूनिटले दिएको जानकारी अनुसार बुधवार सम्मको कलेक्सन १ करोडको हराहारिमा रहेको छ । फिल्म करोड क्लबमा प्रबेश गरेको खुशीयाली साट्न बिहीवार कोहलपुर एक्सप्रेस यूनिटले पत्रकार र फिल्मका कलाकारको उपस्थितीमा करोडको केक काटेको छ ।

सो अवसरमा बोल्दै नायिका निर्मात्री केकी अधिकारीले फिल्मलाई दर्शकले दिएको साथ र माया प्रती सधैं आभारी रहने बताइन् । ‘फिल्म प्रदर्शनको केही दिन दर्शकको उत्साहजनक उपस्थिती नरहेपनी सोमबारबाट फिल्मले पिकअप लियो र आज ७औँ दिनमा अाइपुग्दा हामी करोड क्लबमा सामेल हुन सफल भयौँ’ केकीले भनिन । समग्र फिल्म समिक्षामा सकारात्मक प्रतिकृया नपाएतापनी फिल्मका नायिका त्रय केकी अधिकारी, रिचा शर्मा, प्रियंका कार्कीको अभिनयको सर्बत्र तारिफ भएको छ । ‘महिला केन्द्रित फिल्म भएपनी दर्शकलाई हलसम्म तान्न मेल स्टार नै हुनु पर्छ ब्नन्ने मन्यातालाई कोहलपुर एक्सप्रेसले चिरेको छ जस्तो लागेको छ’ नायिका केकी अधिकारीले भनिन । ‘हाम्रो सोच हामी ब्लकबस्टर फिल्म बनाउँछौँ भन्ने नै थिएन । ओपनिङ ब्यापक हुन्छ भन्ने पनि थिएन । तर यतिका बर्ष यही फिल्म क्षेत्रमा बिताएपछी किन एउटा योगदान नगर्ने भन्ने हिसाबमा फिल्म निर्माण गर्यौँ, र आज सफल पनि भयौँ’ उनले भनिन ।

समिक्षकहरुबाट खास्सै उत्कृष्ट प्रतिकृया नपाएको फिल्मले दर्शकको भने उलेख्य साथ पाइरहेको छ । फिल्मले सिङ्गल स्क्रिनमा भन्दा पनि मल्टिप्लेक्समा राम्रो कलेक्सन गरेको निर्माण यूनिटको भनाई छ । फिल्म अझै पनि अधिकाङ्श शो हाउसफुल छ र राम्रो शो पाइरहेको छ निर्देशक भण्डारीले भने । क्युएफएक्समा ५, बिग मुभिजमा २, एफक्युब १, बिएसआर २, सिडिसी १, क्युज १, सिटिम्याक्स २, लगायत गरी फिल्मले शुक्रबार १ दर्जन बडी शो पाएको छ ।

केकी अधिकारी डेब्यु निर्माण रहेको कोहलपुर एक्स्प्रेसलाई बिशाल भण्डारीले निर्देशन् गरेका हुन । फिल्ममा प्रियंका कार्की, रिचा शर्मा, केकी अधिकारि, बिनोद न्यौपाने, बुद्धी तामाङ, रबिन्द्र झा र बाल कलाकार कुशाग्र भट्टराई लगायतको अभिनय रहेको छ । फिल्म भद्र बहादुर शाही, देवीलाल न्यौपाने र शिव प्रशाद चौलागाईंको संयुक्त लागानिमा निर्माण भएको हो । अर्जुन तिवारीको छायाङ्कन रहेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन । फिल्ममा राजन राज सिवाकोटीको शब्द संगीत रहेको छ भने स्वर राजन राज सिवाकोटी स्वयम र मेलिना राईको रहेको छ ।