कपडाका कारण प्रियंका ट्रोलको सिकार


प्रियंका चोपडा आफ्नो इन्टरनेसनल सो ”क्वांटिको ३’ को प्रोमोसनमा ब्यस्त छिन् । बुधबार प्रोमोसन इभेन्टमा प्रियंका निलो रंगको डियोन ली सुटमा देखिईन् । उक्त ड्रेसमा माथि तिर काटिएको भागका कारण उनी सामाजिक संजालमा ट्रोलको सिकार बन्न पुगिन ।

कसैले उनको आउट फिटको प्रसंसा पनि गरेका छन् भने कोहीले प्रश्न उठाएका छन् । के यस्तो कपडा लगाउन जरुरी थियो ? कसैले भने सल्लाह दिदै संसकारी मान्छेले एस्तो कपडा लगाउदैनन समेत भनेका छन् । कसैले भने उनलाई पागल भएको समेत भनेका छन् ।