अनुष्कालाई जन्मदिनमा १४ रन उपहार

- मेराेफिल्म


भारतिय क्रिकेटर विराट कोहलीले बलिउड अभिनेत्री पत्नी अनुष्का शर्माको ३०औं जन्मदिनमा विशेष उपहार दिएका छन् । ११ औं सिजनको जारी इण्डियन प्रिमियर लिग क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले मंगलबार राती मुम्बई इण्डियन्स विरुद्धको खेलमा घरेलु मैदानमा १४ रनको जित हात पारेको छ । विराटले यस १४ रनको जितलाई अनुष्काका नाममा समर्पित गर्दै उनको जन्मदिनको सानो उपहार भनेका छन् ।

१९८८ मे १ मा जन्मिएकी अनुष्काको मंगलबार ३० औं जन्मदिन विशेष रह्यो । मुम्बईविरुद्ध जित निकालेर अनुष्कालाई खुसी दिँदै विराटले खेल सकिएपछि भनेका छन्- ‘मेरी पत्नी यहाँ छिन् । उनको जन्मदिनमा यो सानो गिफ्ट हो। म खुसी छु कि उनले यहाँ उपस्थित भएर हाम्रो खुसीको हिस्सा लिइन् ।’

२०७५ वैशाख २१ गते ११:०४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *