रिलिज अगाडीनै रेस-३ को धमाकेदार कमाइ

- मेराेफिल्म

सलमान खान हरेक वर्ष कुनै न कुनै ब्लकबस्टर फिल्म दिन्छन् । यस वर्ष इदमा रिलिज गर्ने गरेर उनी ‘रेस–३’ लिएर आएका छन् । रिलिज नहुँदै सलमानको यो फिल्मका लागि बितरकहरु लाइनमा छन् । रेस ३ को धेरैजसो सुटिङ विदेशमा भएको छ । फिल्ममा दमदार एक्सन सिनहरु रहेका छन् ।

गएको महिनादेखि नै फिल्मका वितरकहरु निर्माता रमेश तौरानीको अफिसमा लाइनमा छन् । यो लाइनमा चार टप वितरक फक्स स्टार स्टुडियो, रिलायन्स इन्टरटेनमेन्ट, यशराज फिल्मस र इरोस इन्टरनेशनल पनि रहेका छन् । इरोस इन्टरनेशनलले सलमान खान र निर्माता रमेश तौरानीसँग सबैभन्दा राम्रो अफर राखेको छ । इरोसले फिल्मको लागि १९० करोडको अफर दिएको छ । यो फिल्मको वल्र्डवाइड राइट १६० करोड र चीनमा ३० करोड इरोसको अफर हो । केही दिनमै फिल्म कसलाई दिने भन्ने निर्णय हुने बताइएको छ ।

२०७५ वैशाख २१ गते ११:५५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *