‘सबै जना पढुन लेखुन’ भिडियो सार्वजनिक


सशांक कंडेलको निर्देशनमा ‘सबै जना पढुन लेखुन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रामकृष्ण ढकाल र पारु शाहीको स्वर रहेको गीतमा गोबिन्द राज बिनोदीको शब्द र बिशाल ढकाल संगीत रहेको छ ।


उक्त भिडियोमा सिताराम कट्टेल धुर्मुस, निर्मल शर्मा गैडा, एलिशा राई,निराजन प्रधान, सुलेमान शंकर इकु, सर्वानी पान्डे आदि कलाकारको अभिनय रहेको छ । यस भन्दा पहिला पनि कंडेलका धेरै हिट गित बजारमा आइसकेका छन् । गीत शिक्षासंग संबन्धित भएकाले जनचेतना जगाउन सहयोग गर्ने आशा गरिएको छ । उक्त भिडियोलाई सुलभ आधिकारीले छायांकन गरेका छन् भने सम्पादन निशान घिमिरेको रहेको छ । शिक्षा बच्चा देखि बृद्ध सम्म सबैको लागि अपरिहार्य छ भन्ने कुरालाई सशांकले यस भिडियोमार्फत प्रस्ट्याएका छन् ।