फिल्म लम्फूको ‘तिमीलाई भुलेर’ गीत सार्बजनिक


नेपाली फिल्म ‘लम्फू’ को तिमीलाई भुलेर बोलको गीत सार्बजनिक भएको छ । गीतमा नायक कबिर खड्का र नायिका मरिस्का पोख्रलको बियोगान्त प्रेमलाई देखाइएको छ । गीतमा युवराज सापकोटाको शब्द, अर्जुन पोख्रेलको संगीत र प्रमोद खरेलको शब्द रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीत दिपक बज्रचार्यले छायांकन गरेका छन् । फिल्म लम्फूमा सलोन बस्नेत, कबिर खड्का, मरिस्का पोख्रेल, चादनी शर्मा, सन्जित भन्डारी, कुसुम श्रेष्ठ, अजित लामिछाने, आयन खड्का, जानुका पैडेल, पुष्प आचार्य, सन्तोस कार्की, ओम गुरुङ्ग लगायतका कलकारहरुको अभिनय हेर्न सकिन्छ । गोपाल चन्द्र लामिछानेद्वारा निर्देशित फिल्मलाई शक्ति बल्लव घोरासैनीले निर्माण गरेका हुन् । पपूलर मल्टिमिडीयाको ब्यानरमा तयार परिएको उक्त फिल्म बैशाख २८ बाट अल नेपाल रिलिज हुने भएको छ ।