सार्वजनिक प्रदर्शनको अघिल्लोदिन ‘भोर’ बिशेष प्रदर्शनी

तराई भेगमा जरो गाडेर बसेको दाइजो प्रथामा आधारित फिल्म भोर आज (बैशाख २१) बाट प्रदर्शनमा आएको छ । सार्वजनिक प्रदर्शनको अघिल्लोदिन बैशाख २० गते बिशेष प्रदर्शनी गरेको फिल्मलाई उपस्थित राजनीतिज्ञ तथा पत्रकारहरुले तारिफ गरेका छन । मुलत फिल्मले उठाएको कथाबस्तु र स्थानिय कलाकारको उपस्थिती फिल्मको मुख्य केन्द्र बनेको छ ।
बिशेष शो हेर्न सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डित, बरिस्ट कलाकार निर शाह लगायतको उपस्थिती रहेको थियो । फिल्ममा देखाइए जस्तै दाइजोलाई महिला हिंसा भन्दा पनि मानव हिंसाको रुपमा लिनुपर्ने फिल्म टिमको अभियानलाई पनि धेरैले स्वगतयोग्य मानेका छन् । महिलामाथी दाइजोकै नाममा हुने हिंसा, न्यायको खोजीमा लाग्दा न्याय पाउनकै लागी गर्नुपर्ने संघर्ष र घरभित्रै हुने शारिरिक तथा मानशिक यातनालाई फिल्मले प्रदाफास गरेको छ ।
राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी छन् । कृष्ण धाराबासीको कथा तथा यादब कुमार भट्टराईको निर्देशनमा तयार भएको फिल्मलाई उज्जल ढकालले सम्पादन गरेका छन् । फिल्ममा राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतको अभिनय रहेको छ । मुख्यतः मिथिलाञ्चलका स्थानिक कलाकारहरुको बाहुल्यता रहेको फिल्मको सम्पुर्ण छायाँकन जनकपुरमा नै गरिएको छ ।

यस्तो छ ‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगातको लुक्स

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया