‘सुनकेशरी’को ‘मायाले छोई’ गीत सार्वजनिक, जेष्ठ ११मै फिल्म रिलिज होला त ?

निर्माता संघ र चलचित्र संघ बिचको विवाद बढ्दै जाँदा जेष्ठमा फिल्म प्रदर्शनको डेट लिएर बसेका फिल्मकर्मीहरु निराश बनेका छन । कहिले वार्ता मिल्छ भन्ने हल्ला त कहिले मिल्दैन भन्ने हल्लाले फिल्म प्रोमोसन गर्नेकी नगर्ने भन्ने दोधारमा बिभिन्न फिल्म यूनिट परेका छन । यसै बिच जेठ ११ लाई आफ्नो प्रदर्शनको डेट तोकेको फिल्म ‘सुनकेशरी’ले प्रोमोसनको क्रमलाई अगाडी बढाउने निधो सहित फिल्ममा समाबेश गीत ‘मायाले छोई’ सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा काली प्रसाद बास्कोटाको संगीत रहेको छ भने सनुप पौडेलको स्वर रहेको छ ।

फिल्मका २ मुख्य पात्र सन्नी ढकाल र लौरेन लोफबर्ग फिचर्ड छन । रिचा शर्मा, भिम न्यौपाने, शर्मिला सापकोटा लगायतको संयुक्त लगानिमा निर्माण भएको फिल्ममा अर्पण थापाको कथा तथा निर्देशन रहेको छ । फिल्ममा रिचा शर्मा, रबिन्द्र झा लगायत नेपाली सहित अस्ट्रेलियन कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा काली प्रसाद बास्कोटा र बिजय अधिकारीको संगीत, रह शर्माको छायाङ्कन, आन स्कट क्लेमेन्टको सम्पादन, जर्ज सालिवा र मिचेल सालिवाको द्वन्द रहेको छ । ‘यसै पनि हरर जनराको फिल्म निर्माण गर्नु नेपालको परिप्रेक्ष्यमा चुनौती मानिन्छ, त्यसैमाथि बिभिन्न आन्दोलनका बिच प्रदर्शन हुनेछ भन्ने अभिलाषा सहित फिल्मको गीत रिलिज गरेका छौँ आशा छ दर्शक श्रोताले मन पराइदिनु हुनेछ’ नायिका रिचा शर्माले भनिन । तर निर्माता संघ र चलचित्र संघको बिचमा वार्ता नमिलेको खण्डमा जेष्ठ ११मा फिल्म रिलिज होला कि नहोला भन्ने प्रश्न पनि उठेको  छ । निर्माता संघले आफ्ना माग पुरा नभए जेष्ठ ४ गतेबाट कुनै पनि फिल्म रिलिज हुन नदिने भन्दै विज्ञप्ति निकालेको छ भने चलचित्र संघले १० गते भित्र वार्ता बस्छौँ भन्दै विज्ञप्ति निकालेको छ । १० गते भित्रमा दुई संघ बिचमा वार्ता मिलेमा ११ गते फिल्म रिलिज हुनेछ अन्यथा सुनकेशरीले रिलिज डेट सार्नुको विकल्प छैन ।