पल र विकासको दोस्ती, कसलाई फाइदा कसलाई घाटा ?

फिल्म क्षेत्रमा को कतीबेला दुश्मन र मित्र हुन्छन् थाहा हुँदैन । मित्र हुँदा लपक्कै टाँसिने र दुश्मन हुँदा खेदो खन्दै हिड्ने बानी फिल्मीकर्मीको लागि नयाँ होइन । अभिनेता आर्यन सिग्देल र सुदर्शन थापा, सुदर्शन थापा र सन्तोष सेनदेखि थुप्रै फिल्मीकर्मी छन्, जसको उदाहरण लिन सकिन्छ । फिल्म क्षेत्रमा प्रवेश नगर्दै जब मोडल पल शाह म्यूजिक भिडियोमा व्यस्त थिए, उनी र भिडियो निर्देशक विकास सुवेदी निकै नजिक भए । यो निकटता अहिले झनै बाक्लिएको छ ।तर, यो निकटताले कसलाई फाइदा र कसलाई घाटा गरिरहेको होला ? पल विकासको सल्लाहामा काम गर्छन् ।  फिल्म रोजाइदेखि काम गर्ने तरिकामा पलमाथि विकास नै हाबी छन् । पलका धेरै फोन त विकास नै उठाउँछन् ।

पल अहिले फिल्म नगर्ने भनेर बसेका छन् । ३ महिना फिल्म नै गर्दिन भनेर बसेका पल म्यूजिक भिडियोमा भने खुबै व्यस्त छन् ।  उनले, निरन्तर विकास सुवेदीकै निर्देशनमा बनेका भिडियोमा काम गरिरहेका छन् । जसमा, पलको जोडीको रुपमा उनकी प्रेमिका आँचल शर्मा देखिएकी छिन् ।विकासले नै रेस्पोन्स नगर्दा पलले दुई हप्ता अगाडि घोषण गरिएको फिल्मका निर्मातालाई रेस्पोन्स नै दिएनन् । यस्ता रेस्पोन्स त पलले कति निर्मातालाई दिएका छैनन्, गनेर साध्यै नै छैन ।विकासका म्यूजिक भिडियो भने लुरुलुरु गर्ने पल फिल्मीकर्मीलाई भने चिढ्याइरहेका छन् । जसले, विकासलाई त फाइदा भएकै छ तर पललाई फाइदा भन्दा घाटा बढी हुन थालेको छ ।

मित्रता र व्यवसायिकता दुई पाटा हुन् । फिल्मका लागि १८ लाखसम्म डिमाण्ड गर्न सक्ने पलले म्यूजिक भिडियोमा आँचललाई जोडी बनाएर क्रेज घटाइरहेका छन् । उनी फिल्ममा त रिजर्भ बस्छन् होला, तर भिडियोमा खै त ? युटुबमा इन्टरभ्यू र भिडियो हिट भयो भन्दैमा मार्केट भ्यालु बढ्छ भन्ने हुँदैन ? पल र विकासले यस बिषयमा बुझ्न जरुरी छ । कसैसँग लपक्क पर्दा अरुलाई पनि आफ्नो स्थानमा राखिराख्न पर्छ भन्ने पलले वुझेनन् भने घाटा उनलाई नै हो ।