पतिलाई सोनमको ‘एम्बिसन’ गिफ्ट

- मेराेफिल्म


पछिल्लो समय सबैभन्दा अगाडी सोनम कपूर र आनन्द अहुजाको विवाहको समचार बन्ने गरेको छ । उनीहरुको विवाह ७ र ८ मे मा मुम्बईमा हुने भएको छ । सोनम र आनन्द एक अर्कासँग लामो समयदेखि डेट गरिरहेका थिए । त्यहि लामो समयको डेट विवाहमा छिट्टै परिणत हुने भएको हो । सोनम केहि समय अगाडि सिमी ग्रेवालको च्याट शोमा आफ्नो पोस्ट रिलेसनशिपको बारेमा खुलासा गरेकी थिइन् । उनले आफ्नो पूर्ब प्रेमी नेदरल्यान्डको भएको र पुर्व प्रेमीले उनलाई धोका दिएको बताइन् ।

सोनमले भनिन्, ‘जब मैले उसलाई डेट गरेरहेकी थिए, उसको अर्कै गलफ्रेन्ड रहेको मैले थाहा पाए । सोनमले शोमा यो पनि खुलसा गरिन की उनले आफ्नो हुनेवाला पतिलाई एक स्पेशल कविता गिफ्ट गर्ने छिन । जुन कविता उनले १७ बर्षको उमेरमा लेखेको र शिर्षक एम्बिसन रहेको छ । उनले आफ्नो हुनेवाला श्रीमान पाएपछि कबिता गिफ्ट दिने बाचा गरेकी थिइन् । अब त्यो लकी ब्वाई आनन्द रहने छन् जसले सोनमको कबितालाई पढ्न पाउने भएका छन् ।

२०७५ वैशाख २३ गते ९:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *