‘कृ-२’ लोकेसन हन्ट, दोहोरिएलान् अनमोल?
फिल्म ‘कृ’ को सफलता पछी कृ निर्माण युनिट ‘कृ-२’ को तयारीमा लागेको छ । अनमोल-अदिति स्टारर कृ निर्माता सुवास गिरी कृ-२ का लागि लोकेसन हन्ट गर्न लण्डन पुगेका छन् । उनीसंगै कृका प्रोडक्सन म्यानेजर शंकर पाण्डे समेत लन्डन पुगेका हुन् ।
सुवासले छिटै केहि नयाँ आउदै छ भन्दै लण्डन घुमेका केहि फोटो सामाजिक सन्जाल फेसबुक मार्फत सार्वाजनिक गरेका छन् । त्यस्तै प्रोडक्सन म्यानेजेर शंकर पाण्डेले कृ २ लोकेसन हन्ट भन्दै आफ्नो फेसबुक वालमा पोष्ट गरेका छन् । यसअघी फिल्म कृ युनिटले फिल्मको एक गीत स्कटल्याण्डमा छायांकन गरेका थिए । पछिल्लो समय नेपाली फिल्मको छायांकन बिदेशमा हुने प्रचलन बढ्दै गएको छ । यसैको निरन्तरता फिल्म कृ-२ मा पनि देखिने छ । यद्यपी कृ-२ का लागि कास्ट एण्ड क्रु फाइनल भैसकेको छैन ।
फिल्ममा कृका कलाकार दोहोरिने छन् या छैनन् त्यो फिल्म अनाउन्समेन्ट पछी थाहा हुनेछ । कृका निर्माता भुवन केसीले कृ-२ मा आफु निर्माताका रुपमा रहने या नरहने टुंगो लागि नसकेको बताए । कृ-२ मा अनमोल रहने नरहने बारेमा पनि उनलाई जानकारी नभएको बताए । उनले भने,-“सुबास गिरी नेपाल फर्किएपछि यस बिषयमा छलफल हुने छ ।”
अनमोलले यसअघी अन्य ब्यानरबाट निर्माण भएका फिल्मको सिक्वेलमा काम नगर्ने बताएका थिए । तर आफ्नै ब्यानरमा निर्माण भएको कृको सिक्वेल कृ-२ मा भने उनी दोहोरिने सम्भावना जिवितै छ ।
फोटो : सुवास गिरी र शंकर पाण्डेको फेसबुकबाट
प्रतिक्रिया