‘विवाह गरेर फिल्म नचल्ने होइन’- रानी मुखर्जी


‘हिच्की’ को सफलताको खुसी मनाउदै गर्दा रानी मुखर्जीले भनिन् कि कोही एक्ट्रेसको उमेर र उसको म्यारिटल स्टाटसको कारण कुनै फिल्म हिट या फ्लप हुदैन । उनका अनुसार यदि कसैले दर्शकलाइ राम्रो फिल्म बनेर दिन्छ भने त्यो आफु विवाहित हुनु र नहुनुले कुनै असर गर्दैन ।

हिच्कीको सफलताले धेरै को सोच बदलेको छ । यो सम्झिन जरुरी छ कि अडियन्स बदलिएका छन् । उनीहरु राम्रो फिल्म र कन्टेन्ट हेर्न चाहन्छन । जब तपाइँ राम्रो फिल्म दिनुहुन्छ उनीहरुलाई तपाईहरुको म्यारिटल स्टाटसले केहि फरक पार्दैन ।