जसितालाई कसले ल्याएको हो ?

- मेराेफिल्म

अभिनेत्री जसिता गुरुङलाई फिल्म क्षेत्रमा ल्याउने क्रेडिट कसलाई जाला ? निर्देशक मिलन चाम्सको नाम सबैभन्दा पहिला आउँछ । फिल्म ‘लिलिबिली’मा जसितालाई अभिनेत्री बनाएर मिलन चाम्सले क्रेडिट लिइरहेका छन् । तर, अहिले जसिता र मिलनको सम्बन्ध राम्रो छैन । जसिताले अब फिल्म नै नपाउने घोषणा मिलन चाम्सले गरिसकेका छन् ।

अभिनेत्री जसिता गुरुङले साप्ताहिक पत्रिकालाई दिएको अन्र्तवार्तामा भनेकी छिन्–‘म यूकेको एक कार्यक्रममा नृत्य गर्दै गर्दा कार्यक्रम संचालन गरिरहनुभएको संचालक नरेश भट्टराइले देख्नुभयो र मलाई हिरोइन बन्नुपर्ने मान्छे भन्नुभयो । यसपछि म फिल्म क्षेत्रमा आएँ ।’ जसिताले यसो भनिरहँदा उनले निर्देशक मिलन चाम्सको नाम एक ठाउँमा पनि लिएकी छैनन् । जसिताले मिलन चाम्सले नभएर आफूलाई नरेश भट्टराइले फिल्म क्षेत्रमा ल्याएको बताइरहँदा मिलन भने बारम्बार स्टेजमा नाच्दै गरेकी केटीलाई आफूले हिरोइन बनाएको तर अहिले उसैले आफूसँग घमण्ड देखाउन थालेको बताइरहेका छन् ।
तर, जसिताले भने आफूलाई नरेशले देखेर फिल्म क्षेत्रमा ल्याएको बताएकी छिन् । जसिताले मिलनलाई क्रेडिट नदिनुको कारण, उनी मिलन चाम्सको नाम नै लिन चाहन्नन् भन्ने प्रष्ट छ । मिलन र नरेश मिल्ने साथी हुन् । तर, जसितालाई ल्याएको क्रेडिट भने कसलाई दिने ? मिलन आफै लिन खोजिरहेका छन्, जसिता नरेशको नाम लिइरहेकी छिन् । आखिर, जसितालाई कसले ल्यायो ?

२०७५ वैशाख २३ गते १४:४२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *