फिल्म रिलिज पश्चात ‘डमरुको डण्डीबियो’को ‘गन्तब्य’

- मेराेफिल्म

शुक्रवारबाट अल नेपाल प्रदर्शनमा आएको फिल्म डमरुको डण्डीबियोको गन्तब्य बोलको गीत फिल्म रिलिज पश्चात सार्बजनिक भएको छ । गीतमा खगेन्द्र लामिछाने र मेनुका प्रधानको अभिनय रहेको छ । गीतलाई रिकेश गुरुङ्ग र बिध्या तिवारीले गाएका हुन् भने कालिप्रसाद बास्कोटाको संगीत रहेको छ ।

गीतको शब्द सबिन एकतारेको रहेको छ । फिल्ममा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, अङ्कित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, नमिता घिसिङ लगायतको अभिनय हेर्न सकिन्छ । चेतन गुरुङ्ग निर्देशित फिल्मलाई बिनोद गुरुङ्ग र नोर्बु छिरिङ घलेले संयुक्तरुपमा निर्माण गरेका हुन् । फिल्ममा हरि हुमागाईको छायांकन रहेको छ भने खगेन्द्र लामिछाने कै कथा रहेको छ । उक्त फिल्म सम्बृदी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

२०७५ वैशाख २३ गते १३:३६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *